» Daily rashifal 2023 January 24

आजको राशिफल बि.सं. २०७९ माघ १० गते मङ्गलवार Daily rashifal 2023 January 24

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ १० गते मङ्गलवार ई.सं.२०२३ जनवरी २४ नेपाल सम्बत ११४३ सिल्लाथ्व तृतिया, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल तृतिया, चन्द्रमा कुम्भ राशिमा शतभिषा नक्षत्र, वरियान योग, गरं करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ५५मिनेट देखि १२ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।