» Daily rashifal 2023 January 27

आजको राशिफल बि.सं. २०७९ माघ १३ गते शुक्रवार Daily rashifal 2023 January 27

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ १३ गते शुक्रवार ई.सं.२०२३ जनवरी २७ नेपाल सम्बत ११४३ सिल्लाथ्व षष्ठी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १३ मिनेट देखि ०९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज स्कन्द षष्ठी रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।