» Daily rashifal 2023 January 29

आजको राशिफल बि.सं. २०७९ माघ १५ गते आइतवार Daily rashifal 2023 January 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ १५ गते आइतवार ई.सं.२०२३ जनवरी २९ नेपाल सम्बत ११४३ सिल्लाथ्व अष्टमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ३४ मिनेट देखि १० बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपाल नर्सिङ्ग दिवस रहेकाले सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।