» Daily rashifal 2023 January 30

आजको राशिफल बि.सं. २०७९ माघ १६ गते सोमवार Daily rashifal 2023 January 30

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०७९ माघ १६ गते सोमवार ई.सं.२०२३ जनवरी ३० नेपाल सम्बत ११४३ सिल्लाथ्व नवमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पूरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज शहीत दिवस परेकोले हाम्रा शहीतहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।