» Daily Rashifal 2079 Kartik 29

आजको राशिफल बि.सं. २०७९ कार्तिक २९ गते मंगलबार Daily Rashifal 2079 Kartik 29

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ कार्तिक २९ गते मंगलबार ई.सं.२०२२ नोवेम्बर १५ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा कर्कट राशिफल पुष्य नक्षत्र, शुक्ल योग,भाद्र करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२४ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २७ मिनेट देखि ११ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ