» daily rashifal nepali

आजको राशिफल बि.सं.२०८१ बैशाख १६ गते आइतबार Daily Rashifal 2024 April 28

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ बैशाख १६ गते आइतबार ई.सं.२०२४ अप्रिल २८ नेपाल सम्बत ११४४ चौलागा चतुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शिव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ०६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४४ मिनेट देखि १० बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस रहेको छ ।