ज्यो।पं। – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल भदौ १० गते शुक्रवार ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा चतुर्दशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष चतुर्दशी तिथी, चन्द्रमा कर्कट राशिमा, अक्ष्लेषा नक्षत्र, परिधि योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६ ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखामा राखेरा दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन पर्दा आजका लागि शुभ समय बिहान ६ बजेर १६ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।