» god message

आजको राशिफल बि.सं. २०८२ मङ्सिर १ गते सोमबार || Daily Rashifal of November 17 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ मङ्सिर ०१ गते सोमवार ई।सं। २०२५  नोभेम्बर १७ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र,  प्रीति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि  शुभ समय बिहान ०९ बजेर ०७ मिनेट देखि १० बजेर २७ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।