आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल फागन २७ गते शुक्रवार ई.सं.२०२२ मार्च ११ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल नवमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल नवमी तिथी, चन्द्रमा मिथुन राशिमा, मिर्गशिरा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः१७ बजे, सूर्यास्त साँझ ६ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ४६ मिनेट देखि ९ बजेर १५ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
