ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ बैशाख २३ गते आइतबार ई.सं.२०२४ मे ०५ नेपाल सम्बत ११४४ चौलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ बजे, सूर्यास्त साँझ ०६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४० मिनेट देखि १० बजेर २० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।आज विश्व हाँसो दिवस रहेको छ ।