ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ फागुन २६ गते मंगलवार ई।सं। २०२५ मार्च १० नेपाल सम्बत ११४६ चिल्लागा सप्तमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण सप्तमी , चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, हर्षण योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर १८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ०९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ४५ मिनेट देखि १२ बजेर १४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
