ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ साउन १२ गते सोमबार ई.सं. २०२५ जुलार्इ २८ नेपाल सम्बत ११४५ गुलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल चतुर्थी, चन्द्रमा सिंह राशिमा, पुर्वफाल्गुनी नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा शरिर एनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०८ बजेर ४७ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
