ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल चैत्र १७ गते बिहीवार ई.सं.२०२२ मार्च ३१ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण चर्तुदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, शुक्ल योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः५५ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५५ मिनेट देखि ७ बजेर २८ मिनेट सम्म छ । आज चैत कृष्ण चतुर्दशी तिथी, पारलैगिंक दृश्यताको अन्तर्राष्ट्रिय दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
