rashifal Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०८१ मंसिर १५ गते शनिबार || November 30 2024

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ मंसिर १५ गते शनिबार ई.सं.२०२४ नोभेम्बर ३० नेपाल सम्बत ११४५ कछलागा चतुर्दशि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण चतुर्दशि , चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, अतिगंड योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३६ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५५ मिनेट देखि ०९ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Rashifal 2023 Nepali | राशिफल सन २०२३ नेपाली | यि राशिको यो वर्ष चम्किने छ भाग्य

राशिफल सन २०२३   यो वर्ष तपाइको भाग्य, प्रेम तथा बैवाहिक जिवन , नोकरी तथा पेशा, स्वास्थ्य अवस्था , शुभ अन्क, शुभ बार शुभ रङ्ग्, ग्रह शान्तिको उपाय इत्यादी बारे सम्पुर्ण जानकारी का लागी कृपया यो भिडियो हेर्नुहोस.  ज्यो.पं – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ९७७– ९८४२१९७३५

बाह्र बर्ष पछी दुर्लभ सुर्यग्रहण २०७७ असार ७ | कुन कुन राशी लाई हेर्न जुरेको छ ? |ग्रहण बारे सम्पुर्ण जानकारी

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५

बाह्र बर्ष पछी दुर्लभ सुर्यग्रहण कुन कुन राशी लाई हेर्न जुरेको छ ? ग्रहण बारे सम्पुर्ण जानकारी

सुर्य ग्रहण २०७७ असार ७ को असर कुन क्षेत्रमा कस्तो पर्छ? कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? ग्रहण अवधिमा गर्न हुने र नहुने कार्यहरु लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी हरु ।
यहि असार ७ गते (सन २०२० जुन २१) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । करिब १२ वर्ष पछि यति ठुलो सुर्य ग्रहण लाग्नेछ। ग्रहण अवधिमा सुर्यको करिब ८८ प्रतिषत भाग ढाकिने छ । जसका कारण पृथ्विीमा अन्धकार छाउनेछ भने दिउँसै तारा समेत देखिन सक्नेछ । आषाढ कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ। । यो चन्द्र ग्रहण नेपाल, भारत, एशियाली देशहरु, युरोपियन मुलुकहरुका साथै अफ्रिकी देशहरु बाट देखिनेछ । करिब ३ घण्टा ३३ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान १० बजेर ५० मिनेटमा ग्रहण स्पर्श हुनेछ। मध्यान्ह १२ बजेर ३८ मिनेट मा मध्य समय र मोक्ष अपरान्ह २ बजेर २३ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि असार ६ गते राति १० बजेर ५० मिनेट देखि सुतक लाग्ने हुनाले असार ७ गते दिउँसो २ बजेर २३ मिनेट सम्म बालक, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो सुर्य ग्रहण मृगाशिरा र आद्रा नक्षत्र को मिथुन राशिमा लाग्नेछ । यो ग्रहण मिथुन राशिमा रहँदा रहने हुनाले मिथुन राशिका जातक लाई बढि कष्ट हुनेछ । यो अवधिमा कुल छ ग्रह बक्रि हुनेछन । धेरै ग्रह बक्रि हुने हुनाले यसको असर प्राकृतिक,आर्थीक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । प्राकृतिक विनाश, बाढी पहिरो, समुन्द्रि आँधी तुफान, महामारीको अवस्था झन बढ्नेछ । आर्थीक मन्दि का कारण समस्या आउन सक्नेछ । शनि र मंगल का कारण विभिन्न देशहरुमा द्धन्द्ध बढेर हिंसा बढ्नुका साथै युद्ध समेत हुन सक्नेछ । मंगल ग्रह जलकारक राशि मिन मा हुने हुनाले भारी वर्षाका कारण नेपाल तथा भारतमा ठुलो विपत्ति आईलाग्न सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि-  श्री प्राप्ती हुनेछ । सुख बढ्नेछ ।
वृष राशि-  क्षति आर्थीक संकट देखिनेछ।
मिथुन राशि – कष्ट पिडा, घात हुनेछ ।
कर्कट राशि-  व्यय, खर्च बढ्नेछ।
सिंह राशि –  लाभ, फाईदा बढ्नेछ ।
कन्या राशि-  सुख बढ्नेछ।
तुला राशि – मान नाश, ईज्जत पैतिष्ठा मा आँच आउन सक्नेछ ।
वृश्चिक राशि-  कष्ट हुनेछ ।
धनु राशि-  स्त्रि पिडा, पत्नीलाई कष्ट हुन सक्नेछ ।
मकर राशि – सुखमा बृद्धि हुनेछ
कुम्भ राशि – चिन्ता बढ्नेछ।
मिन राशि – व्यथा, रोग बढ्नेछ ।
यो सुर्य ग्रहण हेर्न मेष, सिंह, कन्या र मकर राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । यो अवधिमा मन्त्र जप एवं भगवानको आराधना गर्नु शुभ हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो गच्छ अनुसार दान गर्नु उत्तम हुनेछ। ग्रहणको सकारात्मक वा नकारात्मक फल ग्रहण लागेपछि को समय देखि ६ महिना भित्रमा प्राप्त हुनेछ ।