ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७८ साल माघ ६ गते बिहीवार ई.सं.२०२२ जनवरी २० नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण द्धितीया तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, आयुष्मान योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५४ बजे, सूर्यास्त साँझ ५ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । आज माघ कृष्ण द्धितीया रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।