ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८३ साउन ०९ गते शनिबार ई।सं। २०२६ जुलाई २५ नेपाल सम्बत ११४६ दिल्लाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, वर्षा ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह योग विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०४ मिनेट देखि ०८ बजेर ४६ मिनेट सम्म रहेको छ ।यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
