top ten reatures of birth in tuesday Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु Top Ten Features Of Birth In Tuesday

 

मंगलबार जन्म हुने ब्यक्तिका प्रमुख दश गुण तथा बिशेषताहरु

१। मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन ।
२। यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३। यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन ।
४। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५। उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६। यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन र साँचो कुरा बोल्ने गर्दछन जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन ।
७। यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
८। यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन र आफ्नो निर्णय आफैँ लिने गर्दछन ।
९। उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन ।
१० स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।