आजको राशिफल बि.सं. २०८३ जेठ १० गते आईतबार|| Daily Rashifal Of 2026 May 24|| Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८३ जेठ १० गते आईतबार|| Daily Rashifal Of 2026 May 24||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८३ जेठ १० गते आईतबार ई।सं। २०२६ मे २४ नेपाल सम्बत ११४६ अनालाथ्व  अष्टमी , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल अष्टमी , चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान  ०८ बजेर ३५ मिनेट देखि १० बजेर १८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।