ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ पुष २२ गते मंगलबार ई।सं। २०२५ जनावरी 6 नेपाल सम्बत ११४६ पोहेलागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर २३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ५१ मिनेट देखि १२ बजेर ०९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
