ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ फागुन ०२ गते शनिवार ई।सं। २०२५ फेब्रुअरी १४ नेपाल सम्बत ११४६ सिल्लागा द्धादशी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण द्धादशी , चन्द्रमा धनु राशिमा, पूर्वषढा नक्षत्र, सिद्धि योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ५४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०५ मिनेट देखि ०९ बजेर २९ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा शनि प्रदोष व्रत रहेको छ ।
