ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
सुर्यग्रहण २०७९
सुर्य ग्रहण २०७९ को असर कुन क्षेत्रमा कस्तो पर्छ? कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? ग्रहण अवधिमा गर्न हुने र नहुने कार्यहरु लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी हरु ।
यो वर्ष मुख्य गरि दुईपटक खण्डग्रास सुर्य ग्रहण लाग्नेछन । पहिलो सुर्य ग्रहण
बि.सं. २०७९ बैशाख १७ गते बैशाख कृष्ण औंसी (मातातिर्थ औंसी) का दिन लाग्नेछ । भने वर्षको दोश्रो सुर्य ग्रहण यहि कार्तिक ८ गते मंगलबार सन् २०२२ अप्रिल ३० तारिक का दिन लाग्नेछन । तर यो सुर्य ग्रहण नेपाल मा नलाग्ने हुनाले नेपाल मा यसको कुनै प्रभाव पर्ने छैन र सुतक लगायत अन्य केहि पनि वार्नु पर्दैन। धेरै महानुभाव हरुले मातातिर्थ और्सीका दिन ग्रहण लाग्छ रे आमाको मुख हेर्न र आमाको नाममा गरिने श्राद्ध गर्न हुन्छ वा हुँदैन भनेर सोध्नु भएको छ । वास्तमा नेपालमा यो ग्रहण नदेखिने हुनाले यसको असर हुँदैन । त्यसकारण आमाको सम्मान मा गरिने मुख हेर्ने र दिवंगत आमाको नाममा श्राद्ध गरिने कार्य गर्नु हुन्छ ।
वर्षको दोश्रो सुर्य ग्रहण बि. सं. २०७९ कार्तिक ८ गते ( कार्तिक कृष्ण अमावस्या तिथी) मंगलबार लाग्नेछ । यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एशियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ ।
करिब ३२ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। साँझ ५ बजेर २४ मिनेट मा ग्रहणको अवधि सकिनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक ८ गते बिहान ४ बजेर ५२ मिनेट देखि सुतक लाग्ने हुनाले भोली पल्ट असार ९ गते सुर्योदय सम्म बालक, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ । सुर्य ग्रहणमा भोलिपल्ट सुर्याेदय भएपछि मात्र भोजन गर्नु भन्ने शास्त्रिय मान्यता रहेको छ ।
यो सुर्य ग्रहण स्वाती नक्षत्र को तुला राशिमा लाग्नेछ । यो ग्रहण तुला राशिमा रहँदा लाग्ने हुनाले तुला राशिका जातक लाई बढि कष्ट हुनेछ ।
सुर्य ग्रहण फल कुन राशि लाई सुर्य ग्रहण ले कस्तो प्रभाव पर्छ?
मेष राशि स्त्री पीडा बढ्नेछ ।
वृष राशि सुख बढ्नेछ।
मिथुन राशि चिन्ता हुनेछ ।
कर्कट राशि व्यय, खर्च बढ्नेछ।
सिंह राशि श्रीप्राप्ती हुनेछ ।
कन्या राशि क्षति हुनेछ।
तुला राशि घात हुन सक्नेछ ।
वृश्चिक राशि व्यय, खर्च बढ्नेछ ।
धनु राशि लाभ हुनेछ ।
मकर राशि सुख हुनेछ
कुम्भ राशि माननाश हुनेछ ।
मिन राशि कष्ट हुनेछ ।
यो सुर्य ग्रहण हेर्न वृष, सिंह, धनु र मकर राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । यो अवधिमा ग्रहणको खराब प्रभाव बाट बच्न सुर्यको गायत्रि मन्त्र जप गर्नु एवं आफ्ना इष्टदेवको आराधना गर्नु शुभ हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो गच्छ अनुसार दान गर्नु उत्तम हुनेछ। ग्रहणको सकारात्मक वा नकारात्मक फल ग्रहण लागेपछि को समय देखि ६ महिना भित्रमा प्राप्त हुनेछ ।
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७९ बारे विशेष जानकारी
यो वर्ष दुई वटा चन्द्रग्रहण लाग्नेछन । पहिलो चन्द्रग्रहण बि.सं. २०७९ जेठ ८ गते आईतबार लाग्नेछ भने वर्षको दोश्रो चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्नेछ ।
वर्षको पहिलो चन्द्र ग्रहण २०७९ जेठ ८ गते (सन् २०२२ मे १६ तारिक) का दिन लाग्नेछ । यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन र नेपालमा कुनै असर पर्ने छैन । यो ग्रहण पश्चिम युरोप, दक्षिण पश्चिम एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अन्टार्कटीका बाट समेत देखिनेछ । ग्रहण नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म लाग्नेछ । उक्त स्थानमा बसोबास गर्नुहुने नेपाली समुदायले आफ्नो धर्म संस्कृती अनुसार ग्रहण अवधिमा वर्जित गरिएका कार्यहरु नगर्नु उत्तम हुनेछ ।
चन्द्रग्रहण २०७९ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि आउँदो कार्तिक २२ गते (सन् २०२२ नोभेम्बर ८) का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । कार्तिक शुक्ल पक्ष पूर्णीमा का दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण नेपालका साथै एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका बाट पनि देखिनेछ । करिब डेढ घण्टा सम्म लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर २७ मनेटमा ग्रहण स्पर्श हुनेछ। मोक्ष साँझ ६ बजेर ३४ मिनेट मा हुनेछ । ग्रहणको मुख्य अवधि १ घण्टा २४ मिनेट हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक २२ गते मंगलबार बिहान ८ बजेर ११ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ ।
यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव बिशेष गरि सैन्य क्षेत्रमा पर्नेछ । देश देश बिच द्धन्द बढ्न सक्नेछ भने धेरै सैनिक एवं सुरक्षा कर्मीको हताहती हुन सक्नेछ ।
मेष राशिमा ग्रहण लाग्ने हुनाले मेष राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि घात
वृष राशि व्यय
मिथुन राशि लाभ
कर्कट राशि सुख
सिंह राशि माननाश
कन्या राशि कष्ट
तुला राशि स्त्रि पीडा
वृश्चिक राशि सुख
धनु राशि चिन्ता
मकर राशि व्यथा
कुम्भ राशि श्रीप्राप्ती
मिन राशि क्षती
यो चन्द्र ग्रहण हेर्न मिथुन, कर्कट, बृश्चिक र कुम्भ राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्