Daily Rashifal 2022 April 22 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार Daily Rashifal 2022 April 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार ई.सं.२०२२ अप्रिल २२ नेपाल सम्बत ११४२ चौलागा षष्ठी वैशाख कृष्ण षष्ठी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३२ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १० मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । आज विश्व पृथ्वी दिवस ÷ एस।इ।इ २०७८ प्रारम्भ ( अनिवार्य अङग्रेजी, परीक्षाको सुरु परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।