Daily Rashifal 2022 April 25 Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १२ गते सोमवार Daily Rashifal 2022 April 25

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १२ गते सोमवार ई.सं.२०२२ अप्रिल २५ नेपाल सम्बत ११४२ चौलागा दशमी वैशाख कृष्ण नवमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण नवमी तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३० मिनेट देखि ७ बजेर ०८ मिनेट सम्म छ । आज वि.स. २०७२ सालको महाभुकम्पको सम्झाना/ एस.इ .इ २०७८ प्रारम्भ – अनिवार्य नेपाली परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।