nepali astrologer in Europe Archives - Page 38 of 38 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार Daily Rashifal 2022 April 22

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख ९ गते शुक्रवार ई.सं.२०२२ अप्रिल २२ नेपाल सम्बत ११४२ चौलागा षष्ठी वैशाख कृष्ण षष्ठी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३२ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १० मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । आज विश्व पृथ्वी दिवस ÷ एस।इ।इ २०७८ प्रारम्भ ( अनिवार्य अङग्रेजी, परीक्षाको सुरु परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

Chandra Grahan 2022 Nepali | चन्द्र ग्रहण २०७९ | Chandra Grahan 2079 | कुन राशी लाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
+९७७– ९८४२२१९७३५
चन्द्रग्रहण २०७९ बारे विशेष जानकारी
यो वर्ष दुई वटा चन्द्रग्रहण लाग्नेछन । पहिलो चन्द्रग्रहण बि.सं. २०७९ जेठ ८ गते आईतबार लाग्नेछ भने वर्षको दोश्रो चन्द्रग्रहण कार्तिक २२ गते मंगलबार लाग्नेछ ।

वर्षको पहिलो चन्द्र ग्रहण २०७९ जेठ ८ गते (सन् २०२२ मे १६ तारिक) का दिन लाग्नेछ । यो चन्द्रग्रहण नेपाल बाट भने देखिने छैन र नेपालमा कुनै असर पर्ने छैन । यो ग्रहण पश्चिम युरोप, दक्षिण पश्चिम एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका एवं अन्टार्कटीका बाट समेत देखिनेछ । ग्रहण नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेट देखि १० बजेर ३८ मिनेट सम्म लाग्नेछ । उक्त स्थानमा बसोबास गर्नुहुने नेपाली समुदायले आफ्नो धर्म संस्कृती अनुसार ग्रहण अवधिमा वर्जित गरिएका कार्यहरु नगर्नु उत्तम हुनेछ ।
चन्द्रग्रहण २०७९ ले कुन राशि लाई के कस्तो असर गर्छ ?
यहि आउँदो कार्तिक २२ गते (सन् २०२२ नोभेम्बर ८) का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । कार्तिक शुक्ल पक्ष पूर्णीमा का दिन खग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण नेपालका साथै एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका बाट पनि देखिनेछ । करिब डेढ घण्टा सम्म लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार साँझ ५ बजेर २७ मनेटमा ग्रहण स्पर्श हुनेछ। मोक्ष साँझ ६ बजेर ३४ मिनेट मा हुनेछ । ग्रहणको मुख्य अवधि १ घण्टा २४ मिनेट हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि कार्तिक २२ गते मंगलबार बिहान ८ बजेर ११ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।
यो चन्द्र ग्रहण भरणी नक्षत्र, मेष राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव बिशेष गरि सैन्य क्षेत्रमा पर्नेछ । देश देश बिच द्धन्द बढ्न सक्नेछ भने धेरै सैनिक एवं सुरक्षा कर्मीको हताहती हुन सक्नेछ ।
मेष राशिमा ग्रहण लाग्ने हुनाले मेष राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।
मेष राशि घात
वृष राशि व्यय
मिथुन राशि लाभ
कर्कट राशि सुख
सिंह राशि माननाश
कन्या राशि कष्ट
तुला राशि स्त्रि पीडा
वृश्चिक राशि सुख
धनु राशि चिन्ता
मकर राशि व्यथा
कुम्भ राशि श्रीप्राप्ती
मिन राशि क्षती

यो चन्द्र ग्रहण हेर्न मिथुन, कर्कट, बृश्चिक र कुम्भ राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्