ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८३ साउन ०६ गते बुधबार ई।सं। २०२६ जुलाई २२ नेपाल सम्बत ११४६ दिल्लाथ्व अष्ठमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, वर्षा ऋतु, असार शुक्ल अष्ठमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, साध्य योग बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ। आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर २१ मिनेट देखि ०७ बजेर ४१ मिनेट सम्म रहेको छ ।यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
