ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ बैशाख २४ गते सोमबार ई.सं.२०२४ मे ०६ नेपाल सम्बत ११४४ चौलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२० बजे, सूर्यास्त साँझ ०६ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर २० मिनेट देखि ०७ बजेर ०० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।आज किराँत समाज सुधार दिवस रहेको छ ।