top astrologer Archives - Page 67 of 80 - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

वि.सं. २०७९ सालको मिन राशिफल | Yearly Min Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मिन राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मिन राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु द्धितीय भावमा, केतु अष्टम भावमा, शनि लाभ भावमा र बृहस्पति शिरमा गोचर गर्नेछन । आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। तर पैसाको आवश्यकता पूरा भइरहनेछ। यो वर्ष आर्थिक बचतमा विशेष ध्यान दिनुहोला। करियरको हिसाबले मीन राशिका व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्नेछन । मध्यम समय रहेको छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान हुनेछन् । सन्तान सुख मिल्ने छ । परिवारमा मांगलिक कार्य हुनेछ । पशुव्यवसायमा नोक्सानी खप्नुपर्ने छ । सामाजिक काम र नोकरीमा थुप्रै अवरोधका बावजूद मानसम्मान मिल्नेछ । यस वर्ष वृहस्पति, शनि, राहु, र केतु अशुभ फलदायी हुनाले भयत्रासको अवस्था श्रृजना हुने, अनिष्टका संकेत देखा पर्ने, अनावश्यक धन खर्च हुने, आफन्तबाट विश्वासघात हुने, मनमा क्लेश उत्पन्न हुने, आलस्य बढ्नेजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलवाट बच्न उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । पठनपाठनमा सफल हुनाले रोकिएको र अधुरो रहेको पठनपाठन कार्य पुनः सुचारु हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुष, र माघ महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार सोमबार र बिहिबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मिन राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको कुम्भ राशिफल | Yearly Kumbha Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक कुम्भ राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

शुभ समय रहेको छ । कुम्भ राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु तृतीय भावमा, केतु नवम भावमा, शनि व्यय भावमा र बृहस्पति धन भावमा गोचर गर्नेछन । धनको स्थिति समग्रमा राम्रो रहनेछ। धेरै पैसा आउनेछ। खर्च पनि बढ्नेछ । यो वर्ष पैसाको लागि योजना बनाएर मात्र काम गर्नुहोस्। धन लाभको लागि शनि मन्त्रको जप गर्नु शुभ हुनेछ । तपाईले केहि शारीरिक समस्याहरू पनि सामना गर्न सक्नुहुन्छ।
। वृहस्पति र राहु यस वर्ष शुभ फलदायी रहनाले आर्थिक उन्नती हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याहरुबाट छुट्करा मिल्नेछ । नयाँ नयाँ कामका अवसरहरु मिल्नेछन् । साढेसाती सनि र केतु अशुभ रहनाले हरेक काममा ढिलासुस्ती हुनेछ । पापकर्ममा मन जाने, अनावश्यक धन खर्च हुने, मानसिक तनाव बढ्ने पारिवारिक स्वास्थ्यका क्षेत्रमा खर्च बढ्ने, झुट्टा आरोप लाग्नेजस्ता अशुभ फल लाग्ने भएकाले शनि र केतुको शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । यस वर्ष व्यापार र पशुव्यवसायबाट थुप्रै नाफा कमाउन सकिनेछ । वैदेशिक क्षेत्रको काममा अवरोध आउनेछ । अध्ययन— अध्यापन कार्य यस वर्ष सफल रहनेछ । सामाजिक कार्य र नोकरीमा वर्षको पूर्वाद्र्धमा थुप्रै अपसज खप्नु परे पनि वर्षको उत्तराद्र्धमा मान बढ्नेछ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग खैरो र निलो, शुभ बार शुक्रबार र शनिबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । कुम्भ राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार | Daily Rashifal Nepali 2022 March 9

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

आजको राशिफल बि.सं. २०७८ साल फागन २५ गते बुधवार ई.सं.२०२२ मार्च ९ नेपाल सम्बत ११४१ चिल्लाथ्व फाल्गुन शुक्ल सप्तमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, फाल्गुन शुक्ल सप्तमी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, विषकुम्भ योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः२० बजे, सूर्यास्त साँझ ६ः८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर २० मिनेट देखि ७ बजेर ४८ मिनेट सम्म छ । आज फाल्गुन शुक्ल सप्तमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

वि.सं. २०७९ सालको  मकर राशिफल | Yearly Makar Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक मकर राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

मकर राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु चतुर्थ भावमा, दशम भावमा, शनि प्रथम भावमा र बृहस्पति तृतीय भावमा गोचर गर्नेछन । नोकरी र व्यवसायमा प्रगति हुनेछ । घरजग्गा खरिदबिक्रीको सम्भावना छ । पुरानो ऋण चुक्ता गर्ने र बचतको योग हुनेछ। विवाहित व्यक्तिहरूको जीवनमा केही सानातिना समस्याहरू देखा पर्न सक्छन, वर्षको मध्य पछिको समय तपाईंको वैवाहिक जीवनको लागि उत्तम तर्फ संकेत गरिरहेको छ। वृहस्पति, शनि, राहु, केतु ग्रहहरु यस वर्ष अशुभ स्थानमा रहनाले, स्वास्थ्य सम्बन्धि समस्या पर्ने, डर त्रासको अवस्था आउने, सम्पतिको दुरुपयोग र नाशले मन अशान्त रहने, शत्रुहरु बढ्नेजस्ता फलहरु प्राप्त हुने भएकाले शूभफल प्राप्तिका लागि उक्त ग्रहहरुको पूजा, पाठ आदि शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । कामका अवसरहरु यस वर्ष प्राप्त हुनेछन् । अध्ययन क्षेत्र सुधारतर्फ जानेछ । वैदेशिक क्षृेत्रका कामहरु बन्नेछन् । पशु व्यवसाय र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । नोकरीमा थुप्रै अपसज खप्नु परेपनि मानसम्मान बढ्नेछ । परिवारमा बढोत्तरी हुनेछ । स्वदेशी र वैदेशिक दुवै व्यापारबाट राम्रै मुनाफा मिल्ने छ । आर्थिक दृष्टिले असार, कात्र्तिक, मंसिर र चैत्र महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक २, शुभ रंग खैरो र निलो, शुभ बार बिहिबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । मकर राशि लाई यो वर्ष शनिशाढेशातीको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको धनु राशिफल | Yearly Dhanu Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक धनु राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

धनु राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु पञ्चम भावमा, केतु लाभ भावमा, शनि द्धितीय भावमा र बृहस्पति चतुर्थ भावमा गोचर गर्नेछन । करियरमा धन वृद्धि हुनेछ । सम्पत्ति लाभको राम्रो योग रहेको छ । ऋण तिर्न र पैसा व्यवस्थापनमा ध्यान दिनुहोस । रोजगारीका नयाँ स्रोतहरू खुल्नेछन्। धन लाभको लागि भगवान शिवको मन्त्रको नियमित जप गर्नुहोस । यस अवधिमा प्रतिस्पर्धी परीक्षाहरूको लागि तयारी गर्ने मूल निवासीहरूले आफ्नो अपेक्षा बढाउन सक्षम हुनेछन । मध्यम समय रहेको छ । केतु शुभ रहनाले आम्दानी बढ्ने र यश कीर्ति प्राप्त हुने जस्ता शुभ फल मिल्ने छ । व्यापार व्यवसाय सप्रनेछ । नोकरीमा मान सम्मान बढ्नेछ । राहु, शनि, र वृहस्पति अशुभ रहनाले हरेक काममा आफन्त बाट असहयोग हुने, स्वास्थ्य कमजोर रहने, आम्दानीको तुलनामा खर्च बढ्ने, हानी नोक्सानी बढ्नाले मन असान्त रहनेछ । साढेसाती शनिको प्रभावले झट्ट आरोप लाग्ने, शरिरमा आलस्यता पैदा हुने, अनावश्यक खर्च र तनाव समेत बढ्ने भएकाले शनि, गुरु र राहुको अशुभ फलबाट बच्नका लागि शान्तिकर्महरु गर्नुपर्ने देखिन्छ । वर्षको पूर्वाद्र्धमा वैदेशिक क्षेत्रका काम अधुरो रहेपनि वर्षको उत्तराद्र्धमा अधुरा काम पूरा रहनेछन् । अध्ययन क्षेत्र मध्यम गतिमा चल्नेछ । आर्थिक दृष्टिले जेठ, असोज, कात्र्तिक, र फागुन महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो र सुनौलो, शुभ बार बिहिबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान नारायणको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको  बृश्चिक राशिफल | Yearly Brischik Rashifal B.S. 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक बृश्चिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

बृश्चिक राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु छैठांै भावमा, केतु व्यय भावमा, शनि तृतीय भावमा र बृहस्पति पञ्चम भावमा गोचर गर्नेछन नियमित धन आवागमन हुनेछ । रोकिएको वा डुबेको धन प्राप्त हुनेछ। यो वर्ष उपस्थितिमा पैसा बर्बाद नगर्नुहोस्। धनको राम्रो अवस्थाको लागि शनि मन्त्रको जप गर्नुहोस्। तपाईं मानसिक रूपमा धेरै हदसम्म तनावमा रहनुहुनेछ, जसले तपाईंको जीवनका विभिन्न क्षेत्रहरूमा नकारात्मक प्रभाव पार्नेछ। स्वास्थ्यको ख्याल गर्नुका साथै खानपानमा विशेष ध्यान दिनु होला । समग्रमा राम्रो वर्ष रहनेछ । वृहस्पति, शनि र राहु यसवर्ष शुभ फलदायी रहनाले नसोचिएका राम्रा कामहरु पूरा हुनेछन् । सुख सन्तुष्टि बढ्नेछ । पेशा सफल रहनाले राम्रै लाभ मिल्नेछ । अध्ययनबाट सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्यहरु हुनेछन् । शत्रुहरुले शिर निहुराउन थाल्नेछन् । तर केतु अशुभ रहनाले शत्रुभय र पिडाको सामना गरिरहनु पर्नेछ । नोकरी गर्ने व्यक्तिहरुका लागि मानसम्मान बढ्ने अवसर मिल्नेछ । उन्नति प्रगति दे्ख्न नसकेर आफन्तले नै कुरा काट्न र हरेक काममा तगारो हाल्न थाल्नेछन् । व्यापार बाट राम्रै लाभ भए पनि पशु व्यवसायमा लागेका व्यक्तिहरुले हानी नोक्सानी सहनुपर्ने छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना लाभदायक छन् । यो वर्ष तपाईका लागि शुभ अंक ९, शुभ रंग रातो र सुनौलो, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान श्री गणेश जी को प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

 वि.सं. २०७९ सालको तुला राशिफल | Yearly Tula Rashifal B.S. 2079 Nepali |

 वि.सं. २०७९ सालको वार्षिक तुला राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

तुला राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु सप्तम भावमा, केतु शिरमा, शनि चतुर्थ भावमा र बृहस्पति छ्रैठौं भावमा गोचर गर्नेछन धनको सम्बन्धमा सुरुमा केही कठिनाइहरू आउनेछन्, तर आवश्यकताहरू पूरा भइरहनेछन्। घरजग्गा खरिदबिक्री गर्दा सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धका साथसाथै यो वर्ष विवाहितको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने छ । जो व्यक्ति अझै अविवाहित हुनुहुन्छ उहाँहरुका लागि विवाह गर्ने अवसर आउनेछ । गुरु, शनि, राहु र केतु ग्रहहरु अनिष्ट फलदायी हुनाले हानीनोक्सानी बढ्ने, शरिरमा रोगले घर बनाउने, आर्थिक समस्याले सताउने, शत्रु बढ्नाले भय, त्रास र पीडाको अवस्था आउनेअवस्था अशुभ फल प्राप्त हुने हुदा शुभफल प्राप्तिका लागि गुरु, शनि राहु र केतुको शान्तिकर्महरु गर्नुपर्नेछ । व्यापार व्यवसाय, पशुपालनबाट राम्रै नाफा कमाउन सकिनेछ । नोकरीमा तनाव र थुप्रै अपसज सहनु परे पनि सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । यस वर्ष सन्तान सुख मिल्नुका साथै पवित्र तिर्थस्थलहरुको भ्रमण हुनेछ । वर्षको अन्यतिर अप्रत्यासित ठूलै धनलाभ हुनेछ । शरीरमा आलस्य बढ्नाले अध्ययन कमजोर रहनेछ । दाम्पत्य जिवन थोरै समस्या बढ्नेछ । आफन्तमा गएको धन वर्षको मध्यभागबाट आंशिक रुपले फर्कन थाल्नेछ । आर्थिक दृष्टिले श्रावण, भाद्र, पुष, र चैत्र महिना सुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ६, शुभ रंग सेतो र निलो, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा पश्चिम रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव देवीको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ । तुला राशि लाई यो वर्ष अढैया शनिको प्रभाव पनि रहने हुनाले अनिष्ट फल बाट बच्न शनिस्तोत्र पाठ वा श्रवण गर्नु, पिपलमा जल चढाउने, शनी मुद्रिका धारण ईत्यादी उपायहरु गर्नु शुभ हुनेछ ।

 वि.सं. २०७९ सालको  कन्या राशिफल | Yearly Kanya Rashifal B.S. 2079 Nepali

 वि.सं. २०७९ सालको वार्षिक कन्या राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

कन्या राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु अष्टम भावमा, केतु द्धितीय भावमा, शनि पञ्चम भावमा र बृहस्पति सप्तम भावमा गोचर गर्नेछन यो वर्ष धनको स्थितिमा सुधार आउनेछ तर खर्चको समस्याले सताउनेछ। जुवा, सट्टेबाजी वा चिठ्ठाबाट टाढा रहनु उपयुक्त हुनेछ । यो वर्ष परिवारमा केही मतभिन्नता सृजना हुने देखिन्छ। वर्षको मध्यतिर शिक्षाका लागि विदेश जाने सपना देखेका व्यक्तिलाई निकै राम्रो नतिजा आउने सम्भावना छ । समग्रमा मध्यम फलदायी वर्ष रहेको छ । वृहस्पती शुभ रहनाले पारिवारीक समस्याहरु हल हुनेछन् । व्यापार व्यावसाय सप्रनेछ । दाम्पत्य जीवन सफल रहनेछ । राहु र केतु अशुभ फलदायी भएकाले स्वास्थ्यसम्बन्धि समस्याहरु उत्पन्न गराउने, शत्रुहरुले हरेक काममा भाजो हाल्ने, आर्थिक हानीनोक्सानी गराउने छन् । शनिका कारण सन्तान पिडा र धनहानी भएपनि वर्षान्ततिर शत्रुहरु नास भई सुख बढ्ने आर्थिक लाभ पनि प्रशस्तै हुने छ । पशुव्यवसाय, व्यापारबाट राम्रो नाफा मिल्नेछ । सामाजिक र धार्मिक कार्यमा बढी समय दिनाले आफ्ना कामहरु अधुरै रहने छन् । नोकरीमा अपसज खप्नुपर्ने छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आम्दानी समेत बढ्ने छ । पठनपाठन कमजोर रहनेछ । आर्थिक दृष्टिले असार, साउन, मंसिर र फागुन महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक ५, शुभ रंग हरियो र सुन्तला, शुभ बार बुधबार र शुक्रबार, शुभ दिशा दक्षिण रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान नारायणको प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको  सिंह  राशिफल | Yearly Sinha Rashifal B.S. 2079 Nepali

 वि.सं. २०७९ सालको वार्षिक सिंह  राशिफल

 

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

सिंह राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु नवम भावमा, केतु तृतीय भावमा, शनि छैठौं भावमा र बृहस्पति अष्टम भावमा गोचर गर्नेछन । सुरुमा धनको सम्बन्धमा समस्या आउन सक्छ। बिस्तारै आर्थिक स्थितिमा सुधार आउनेछ । सम्पत्ति बनाउन वा किन्न सक्छ। धनको राम्रो स्थितिको लागि, नियमित रूपमा शनि मन्त्रको जप गर्नु शुभ हुनेछ। यो वर्ष तपाईले क्षेत्रमा धेरै सकारात्मक नतिजाहरू प्राप्त गर्नुहुनेछ, जसका कारण तपाईले अपार सफलता प्राप्त गर्न सक्नुहुनेछ। परीक्षामा सफलता मिल्ने सम्भावना पनि रहनेछ । शुभ समय रहेको छ । शनि फलदायी रहनाले रोग र शत्रुबाट छुट्करा मिल्नेछ । यसवर्ष पछि लाभ हुने उद्योग व्यवसायको थालनी हुनेछ । केतुका कारण सुख शान्ति मिल्नेछ । हरेक काममा इष्टमित्र दाजुभाइको सहयोग मिल्नेछ । राहु र वृहस्पति अशुभ रहनाले दुर्घटनाको भय, पाप कर्म र परधनमा आशक्ति बढ्नेछ । राहु र वृहस्पतिको शान्ति गर्नाले अशुभ बाट बच्न सकिन्छ । परिवार बढोत्तरी हुनेछ । पठनपाठनमा जागँर घट्नेछ । दाम्पत्य जीवनका समस्याहरु समाधान भई पारिवारिक सुख सन्तोष मिल्नेछ । कृषि र पशुव्यवसायबाट राम्रो आम्दानी हुनेछ । वैदेशिक व्यापार र वैदेशिक कामबाट हुने आम्दानी घट्नेछ । आर्थिक दृष्टिले जेठ, असार, असोज, र पुष महिना शुभ रहेका छन् । यो वर्ष तपाईका लागि शुभ अंक १, शुभ रंग रातो र गुलाबि, शुभ बार आईतबार र सोमबार, शुभ दिशा पुर्व रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान सुर्य लाई जल चढाउनु, प्रार्थना गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।

वि.सं. २०७९ सालको  कर्कट राशिफल | Yearly Karkat Rashifal B.S 2079 Nepali

वि.सं. २०७९ सालको वार्षिक कर्कट राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५

कर्कट राशिका लागि यो वर्ष मुख्य ग्रहहरु राहु दशम भावमा, केतु चतुर्थ भावमा, शनि सप्तम भावमा र बृहस्पति नवम भावमा गोचर गर्नेछन । शुभ समय रहेको छ । वृहस्पति भाग्य स्थानमा शुभ र शक्तिशाली रहने हुनाले सुख—शान्ति र मान—सम्मान बढ्नेछ । धार्मिक कार्यमा मन बढ्नेछ । धार्मिक तिर्थस्थलहरुको यात्रा हुनेछ । यस वर्ष सन्तान सुख मिल्नुका साथै पठनपाठन समेत सप्रने छ । शनि र केतु अशुभ रहनाले पीडा, भय, शत्रुवृद्धि स्वास्थ्यमा बाधाजस्ता अशुभ फल प्राप्त हुने भएपनि राहु शूभ रहनाले रोगबाट छुटकरा, शत्रु नासका साथै हरेक काममा शत्रुको सहयोग समेत मिल्नेछ । श्रीमान् श्रीमती बिचको सम्बन्ध र व्यापार व्यवसाय यसवर्ष गडबड देखिन्छ । नोकरी र वैदेशिक क्षेत्रमा लागेका व्यक्तिहरुलाई मान— सम्मान बढ्ने र जिम्मेवारी समेत बढ्नेछ । परिवारमा मांगलिक कार्य हुनेछ । यस वर्ष धार्मिक क्षेत्रहरुको तीर्थयात्रा समेत हुनेछ । बैशाख, जेठ, असोज र पुष महिनामा धेरै काम सफल हुनुका साथै आर्थिक लाभ समेत हुनेछ । आर्थिक स्थितिमा क्रमिक सुधार आउनेछ। यो वर्ष सम्पत्ति लाभको योग रहेको छ । रोकिएको वा डुबेको धन प्राप्त हुनेछ। उत्तम धन लाभको लागि शनिको मन्त्र जप गर्नु शुभ हुनेछ। लामो समयदेखि रहेका समस्या समाधान गर्न सकिनेछ । रोजगारीको अवसर मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। यो वर्ष तपाईका लागि शुभ अंक ४, शुभ रंग सेतो र गुलाबि, शुभ बार सोमबार, शुभ दिशा उत्तर रहनेछन । यो वर्ष कुनैपनि महत्वपूर्ण कार्य शुरु गर्नु अगाडी आफ्ना ईष्टदेव भगवान शिवको स्मरण गर्नु वा पुजाआराधना गर्नु शुभ हुनेछ ।