आजको राशिफल बि.सं. २०८२ माघ ८ गते बिहीबार Daily Rashifal of January 22 || Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं. २०८२ माघ ८ गते बिहीबार Daily Rashifal of January 22 ||

ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्पर्क नं ९७७–९८४२२१९७३५

आजको राशिफल बि।सं। २०८२ माघ ८ गते बिहीबार ई।सं। २०२५ जनावरी २२ नेपाल सम्बत ११४६ सिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, वरियान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज तिलकुन्द चौथि रहेको छ ।