,
ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ पुष ५ गते शनिवार ई।सं। २०२५ डिसेम्वार २० नेपाल सम्बत ११४६ थिंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण औंसी , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, गण्ड योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४९ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०७ मिनेट देखि ०९ बजेर २५ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा तोल ल्होसार मनाईने छ ।
