ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर २५ गते सोमबार ई.सं.२०२३ डिसेम्बर ११ नेपाल सम्बत ११४४ कछलागा चर्तुदशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग कृष्ण, त्रयोदशी चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र,सुबर्मा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः४३ बजे, सूर्यास्त साँझ ०५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४३ मिनेट देखि ०८ बजेर ०१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
