ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ माघ २१ गते बुधवार ई।सं। २०२५ फेब्रुअरी ०४ नेपाल सम्बत ११४६ सिल्लागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण तृतीया , चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४८ मिनेट देखि ०८ बजेर ११ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज विश्व क्यान्सर दिवस रहेको छ ।
