ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ कार्तिक २३ गते शुक्रबार ई.सं.२०२४ नोभेम्बर ०८ नेपाल सम्बत ११४५ कछलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शूल योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः१९ बजे, सूर्यास्त साँझ ०५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ४१ मिनेट देखि ०९ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व रेडियोग्राफी दिवस रहेको छ ।