ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ साउन १८ गते आइतबार ई.सं. २०२५ अगस्त ३ नेपाल सम्बत ११४५ गुलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०८ बजेर ४९ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।