ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ साउन ३० गते शुक्रबार ई.सं. २०२५ अगस्त १५ नेपाल सम्बत ११४५ गुंलागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, भदौ कृष्ण सप्तमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, गण्ड योग,विष्ति/भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर १२ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा अन्तराष्ट्रिय युवा दिवस रहेको छ ।