ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ माघ २६ गते सोमवार ई।सं। २०२५ फेब्रुअरी ०९ नेपाल सम्बत ११४६ सिल्लागा अष्टमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी , चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४५ मिनेट देखि ०८ बजेर ०८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा गोरखकाली पूजा रहेको छ ।
