ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० कार्तिक २६ गते आइतबार ई.सं.२०२३ नोभेम्बर १२ नेपाल सम्बत ११४३ कौलागा चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक कृष्ण चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, आयुष्मान योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ६ः२१ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर ०४ मिनेट देखि १० बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज लक्ष्मी पुजा, सुखरात्री, कुकुर तिहार, नरक चतुर्दशी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती रहेको छ ।