ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २७ गते मङ्गलवार ई.सं.२०२२ मे १० नेपाल सम्बत ११४२ बछलाथ्व नवमी वैशाख शुक्ल नवमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख शुक्ल नवमी तिथी, चन्द्रमा सिंह राशिमा,मघा नक्षत्र, ध्रुव योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः१८ बजे, सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा सखर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर १९ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म छ । आज सीता जयन्तीपरेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।