» Daily Rashifal 2022 April 23

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १० गते शनिवार Daily Rashifal 2022 April 23

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १० गते शनिवार ई.सं.२०२२ अप्रिल २३ नेपाल सम्बत ११४२ चौलागा सप्तमी वैशाख कृष्ण सप्तमी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण सप्तमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः३१ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ०९ मिनेट देखि ८ बजेर ४७ मिनेट सम्म छ । आज अन्र्तराष्ट्रिय पुस्तक दिवस /प्रतिलिप अधिकार दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।