» Daily Rashifal 2022 April 27

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १४ गते बुधवार Daily Rashifal 2022 April 27

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १४ गते बुधवार ई.सं.२०२२ अप्रिल २७ नेपाल सम्बत ११४२ चौलागा द्धादशी वैशाख कृष्ण द्धादशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण द्धादशी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, एन्द्र योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२८ बजे, सूर्यास्त साँझ ६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २८ मिनेट देखि ७ बजेर ०६ मिनेट सम्म छ । आज वरुथिनी एकादशी व्रत / एस.इ.इ २०७८ प्रारम्भ -अनिवार्य सामाजिक अध्ययन परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।