» Daily Rashifal 2022 May 01

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १८ गते आइतवार Daily Rashifal 2022 May 01

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १८ गते आइतवार ई.सं.२०२२ मे ०१ नेपाल सम्बत ११४२ बछलाथ्व पारु वैशाख कृष्ण प्रतिपदा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, आयाष्मान योग, किंस्तुध्न करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४२ मिनेट देखि १० बजेर २२ मिनेट सम्म छ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस / ललितपुर मत्स्यन्द्रनाथ रथारोहण परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।