» Daily Rashifal 2022 May 02

आजको राशिफल बि.सं. २०७९ साल वैशाख १९ गते सोमवार Daily Rashifal 2022 May 02

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख १९ गते सोमवार ई.सं.२०२२ मे ०२ नेपाल सम्बत ११४२ बछलाथ्व द्वितीय वैशाख कृष्ण द्वितीय तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण द्वितीय तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सौभाग्य योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २४ मिनेट देखि ७ बजेर ०३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।