» Daily Rashifal 2022 May 03

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २० गते मङ्गलवार Daily Rashifal 2022 May 03

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २० गते मङ्गलवार ई.सं.२०२२ मे ०३ नेपाल सम्बत ११४२ बछलाथ्व द्वितीय वैशाख कृष्ण तृतिय तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिय तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शोभन योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२३ बजे, सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर२१ मिनेट देखि १२ बजेर ०० मिनेट सम्म छ । अक्षय तृतीया व्रत / परशुराम जयन्ती / विश्व प्रेस स्वतन्त्रता दिवस परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।