» Daily Rashifal 2022 May 04

आजको राशिफल बि.सं. २०७९ साल वैशाख २१ गते बुधवार Daily Rashifal 2022 May 04

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल वैशाख २१ गते बुधवार ई.सं.२०२२ मे ०४ नेपाल सम्बत ११४२ बछलाथ्व तृतीया वैशाख कृष्ण तृतिय तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, वैशाख कृष्ण तृतिय तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, अतिगंड योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः२२ बजे, सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर २२ मिनेट देखि ७ बजेर ०२ मिनेट सम्म छ । आज ललितपुर मत्स्यन्द्रनाथ रथ यात्रारम्भ परेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।