ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ भदौ २७ गते शुक्रवार ई.सं. २०२५ सेप्टेम्बर १२ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, असोज कृष्ण पञ्चमी , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ११ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २० मिनेट देखि ०८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा षष्ठी श्राद्ध, पञ्चमी श्राद्ध रहेको छ|
