आजको राशिफल बि.सं २०८१ फाल्गुण २० गते मंङ्गलवार ई.सं २०२५ मार्च ०४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पञ्चमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ०६ः०५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय १० बजेर ४७ मिनेट देखि १२ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज नेपालमा माझी समुदायहरुको लदीपुजा रहेको छ ।