ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० मङ्गसिर ०५ गते मङ्गलबार ई.सं.२०२३ नोभेम्बर २१ नेपाल सम्बत ११४४ कछलाथ्व नवमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल नवमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ६ः२८ बजे, सूर्यास्त साँझ ५ः०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि ११ बजेर ४९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कुष्माण्ड नवमी व्रत रहेको छ ।
