ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० कार्तिक ०४ गते शनिबार ई.सं.२०२३ अक्टुबर २१ नेपाल सम्बत ११४३ कौलाथ्व सप्तमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सुकर्मा योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ६ः०६ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३२ मिनेट देखि ०८ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज फूलपाती रहेको छ ।