ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ पुष ७ गते सोमवार ई।सं। २०२५ डिसेम्वार २२ नेपाल सम्बत ११४६ पोहेलाथ्व द्धितीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष शुक्ल द्धितीया , चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, ध्रुव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५० मिनेट देखि ०८ बजेर ०८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
