ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ माघ ३ गते शनिबार ई।सं। २०२५ जनावरी १७ नेपाल सम्बत ११४६ पोहेलागा चर्तुदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ कृष्ण चर्तुदशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्याघात योग, भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १५ मिनेट देखि ०९ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
