ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० असोज २० गते शनिबार ई.सं.२०२३ अक्टुबर ०७ नेपाल सम्बत ११४३ ञंलागा अष्टमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ५ः५९ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २७ मिनेट देखि ०८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
